गृह पृष्ठ

जेनजी आन्दोलनमा ज्यान गुमाएका ६ जनाको शव हेलिकप्टरमा गृहजिल्ला लगिने


३१ भाद्र २०८२, मंगलबार ००:००


काठमाडौँ, भदौ २३ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका जेनजी सहिदको १० जनाको शव र्‍यालीसहित शिक्षण अस्पतालबाट पशुपति लगिएको छ । शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ ।

यसमध्ये ६ जनाको शव हेलिकप्टरमा काठमाडौँ बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ । सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झन्डा ओढाई राष्ट्रिय सम्मानमा साथ गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित : ३१ भाद्र २०८२, मंगलबार ००:००