ताजा घटना

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना


२ मंसिर २०७७, मंगलबार ००:००


धादिङ – पृथ्वीराजमार्ग स्थित धादिङको थाँक्रे सिम्लेमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख ९६४६ नम्बरको बस आज बिहान पौने २ बजे सिम्लेमा आफै अनियन्त्रित भै दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।

बसमा ३८ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाइ उपचारको लागि काठमाडौँ स्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । बसका बस चालक फरार रहेका छन् । दुर्घटनाको कारण र बसको चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस:

काठमाडौं,तिहार अन्तर्गत नेवार समुदायमा किजा पूजा गरिँदै छ । आज दिदीबहिनीले दाजुभाइलाई पूजा गरी टीका माला लगाइदिने प्रचलन छ । सोझो अर्थमा यो भाइटीका हो । सरकारले किजा पूजाको अवसरमा आज देशभर सार्वजनिक विदा दिएको छ । विशेषगरी यो पर्व काठमाडौंको नेवार समुदायले मनाउने गर्दछ ।

भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने प्रचलन पनि नेवार समुदायमा रहेको छ । हिजो भाइटीका नलगाएका समुदायले आज पनि भाइटीका लगाउँदै छन् । भाइटीकाकै लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुला गरिएको छ ।

प्रकाशित : २ मंसिर २०७७, मंगलबार ००:००