काठमाडौँ, लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकको तीन ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण शुक्रबार बिहानैदेखि यातायात अवरुद्ध भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिरोको पुरानै समस्या रहेको नारायणगढ–मुग्लिन सडकमा केही दिनयता नयाँ पहिरो पनि थपिएका छन् ।
भरतपुर महानगरपालिका–२९ को १४ किलो, सत्र किलो र घुमाउनेमा पहिरो खसेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान पौने ६ बजेदेखि अवरुद्ध भएको बाटो खुलाउन तीन घण्टाभन्दा बढी समय लाग्न सक्ने छ । मंगलबार मात्रै सो सडकखण्डमा दर्जनौं नयाँ पहिरो आएर सडक अस्तव्यस्त बनेको थियो । भरतपुरको डिभिजन सडक कार्यालयका प्रवक्ता इन्जिनियर शिव खनालले त्यो दिन पाँच वर्षयताकै धेरै ठाउँमा पहिरो खसेको बताएका थिए ।











प्रतिक्रिया