समाचार

कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै माइतीघरमा प्रदर्शन


२ आश्विन २०७७, शुक्रबार ००:००


काठमाडौं,नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । समूह समूहमा माइतीघरतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले सडक छेउमै हस्तक्षेप गरेर लखेटेको छ । प्रदर्शनकारीलाई लखेट्न पानीको फोहोरा पनि हानिएको थियो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भदौ २९ देखि विदाइ भएका छन् । तर उनलाई पुनः नियुक्ति गर्नुपर्ने भन्दै सडकमा र सामाजिक सञ्जालबाट दबाब बढेको छ । तर सरकारले कोरोना महामारी रोकथामका लागि लगाइएको निषेधाज्ञामा काठमाडौं उपत्यकामा भेला, प्रदर्शन गर्न रोक लगाइएको छ । यसबारे पुन्य गौतमले यसरी आफ्नो धारणा राखेका छन हेर्नुस भिडियो

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार ००:००