काठमाडौं, निजामती विधेयकको प्रतिवेदनमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले आफ्नो फरक राय प्रस्तुत गरेका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कुलिङ पिरियडको प्रस्तावमा अमिल्दो प्रावधान रहेको बताए ।
कसैलाई कुलिङ पिरियड लाग्ने कसैलाई नलाग्ने किन ? अवकाश सबैको अवकाश हो किन विभेद ? थानीले प्रश्न गरे । उनले थपे, ‘राजनीतिक कर्मचारी बीच हुने साँठगाँठ रोक्न कुलिङ पिरियड राखिएको हो । परराष्ट्र र न्याय सेवामा किन राखिएन रु एउटै मापदण्ड तयार गरौं ।
अतिरिक्त सचिव ब्युँताउने कुरामा अतिरिक्त सचिव राख्ने र पछि तोकिए बमोजिम हुने भनिएको उल्लेख गर्दै उनले भने,अतिरिक्त सचीवको कुरा राख्दा प्रष्ट गरेर जानुपर्छ । तोकिए बमोजिम हुने भन्दा मेरो फरकमत रहन्छ । उनी थप्छन्,‘अतिरिक्त सचिब नराख्दा पनि हुन्छ । राख्ने हो भने ऎनमा नै व्यवस्था गरौ कसैलाई अधिकार दिने र कसैलाई लुकाउने काम नगरौं ।
सांसद थानीले बोल्न पनि कसरी बोल्ने गाह्रो रहेको बताए । अगाडि भने,ट्रेड युनियनको कुरा कसरी राख्ने ? कर्मचारीको ९ बुँदे माग छ यसलाई पनि सम्बोधन गरियोस् । उनको अर्को फरक मतको बुँदा छ,-अरुमा एक वर्ष,एनजीओमा दुई वर्ष काम गरेकोले सेवा प्रवेशमा सहुलियत पाउने राखिएको छ ।
कुरा उही हो सबैलाई एउटै गरौं । पशु चिकित्सकको आठौं तह राख्नपर्ने उनले सुझाए । गर्भवतीको स्वास्थ्य अवस्था हेरेर अगाडी लिन पाउने बिदा दिन सकिने व्यवस्था राख्न आग्रह गरे । हजारौं शिक्षक सडकमा रहेको उल्लेख गर्दै उनले थपे, ‘भोलि कर्मचारी सडकमा जाने व्यवस्था नहोस् ।











प्रतिक्रिया