ताजा घटना

मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अ’न्तिम सं’स्कार गरिँदै


७ फाल्गुन २०७७, शुक्रबार ००:००


काठमाडौ,ब’ला’त्कारपछि ह’त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दा’हसंस्कार गरिने भएको छ । भागरथीको मृ’त्यु भएको १७ औँ दिनमा दा’हसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी का’रवाही गर्नुपर्ने माग गर्दै आएको थियो ।

प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आ’रोपित भन्दै सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको ह’त्या मात्रै गरेको बताएका थिए तर श’व प’रीक्षण रि’पोर्टमा भने ब’ला’त्कारपछि ह’त्या गरिएको उल्लेख गरिएको थियो । त्यसपछि पनि भागरथीका घरपरिवारले भने ब’ला’त्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म श’व बुझ्न मानेको थिएन ।

बिहीबार दिनेशका बुवा, अ’नुसन्धान अ’धिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै ब’ला’त्कारपछि ह’त्या गरेको स्वी’कारेका थिए । ब’ला’त्कार र ह’त्या आफैँले गरेको दिनेशले स्वी’कार गरिसकेपछि भागरथीका घरपरिवारले श’व बुझ्न मानेको हो ।

जिल्ला अ’स्पतालमा रहेको शवलाई बिहान १० बजे बुझ्ने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । गोठलापानीबाट बिहान ११ बजे शवयात्रा शुरु हुने भागरथीका काका शिवराज भट्टले बताए । गोठलापानीबाट सेरासम्म श’वयात्रा हुने र सेरास्थित महाकाली आ’र्यघाटमा अ’न्तिम सं’स्कार गरिने भएको हो ।

गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जङ्गलमा वि’भत्स र नि’र्वस्त्र अवस्थामा श’व फे’ला परेको थियो ।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार ००:००