आर्थिक

नेपाली बजारमा सुनको भाउ तोलामै १ हजार ७ सय रुपैयाँ घटयाे


४ पुस २०८१, बिहिबार ००:००


काठमाडौं, नेपाली बजारमा सुनको भाउ तोलामै १ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज बिहीबार १ हजार ७ सयले घटेर तोलाको १ लाख ४९ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार तोलामा १ लाख ५० हजारले कारोबार भएको थियो । त्यसैगरी चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार आज बिहीबार चाँदी ५५ ले घटेर तोलाको १ हजार ७ सय ८० मा झरेको छ । बुधबार तोलाको १ हजार ८ सय ३५ रुपैयाँ थियो ।

प्रकाशित : ४ पुस २०८१, बिहिबार ००:००