गृह पृष्ठ

दुर्गा विरहीको ‘न्याउल’ म्युजिक भिडियो सार्वजनिक


४ कार्तिक २०७९, शुक्रबार ००:००


काठमाडौं । गीतकार दुर्गा विरहीले ‘न्याउली’ नामक गीत बजारमा ल्याएका छन् । विरहीको शब्द रचना र संगीत रहेको उक्त गीतमा गायिका निशा रनपाल र गायक राम परियारले आवाज दिएका छन् ।

गीतमा पदम बिसीको संगीत संयोजन रहेको छ । त्यस्तै उक्त गीतको भिडियोमा गीतकार विरही आफैंले निर्देशन गरेका हुन् भने ओमप्रकाश गिरीको छायांकन रहेको छ ।

साथै, कलाकारहरु लक्ष्मी सुनार, राजु बग्दास (रक), दुर्गा सेन्चुरी लगायकले भिडियोमा अभिनय गरेका छन् । अनील विष्ट (प्युठानी)ले सम्पादन गरेको उक्त भिडियो ‘आत्म विश्वास फिल्मस्’ नामक युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार विरहीले माया प्रेमका भावना शब्दमा समावेश गरेर गीत र भिडियो बजारमा ल्याएको बताए । साथै, उनले मौलिक लोक संस्कृतिलाई जगेर्ना गर्न आफ्नो उक्त गीतले सहयोग पुग्ने जिकिर गरे ।

 

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार ००:००