ताजा घटना

गौशालामा ८ वटा सवारी ठोक्किएर दुर्घटना,घाइतेहरूकाे उपचार हुदै


८ जेष्ठ २०८२, बुधबार ००:००


काठमाडौं महानगरपालिका-८ गौशालामा ८ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ । गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा ठोक्किएका छन् ।

बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए । दुर्घटना करिब १२ बजेतिर भएको थियो ।

दुर्घटनामा घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको बोहराले बताए । दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई टोखा बस्ने बर्ष ३२ को राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका–२ का २२ वर्षीय विकाश कट्टेल, प्र९२९०१९००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ५ का ३७ को शैलेन्द्र राई घाइते भएका छन् ।

ठोक्किएका सवारीको विवरण

१. बा ५ ख ६७३५ नं को बाबा गोकर्णेश्वर यातायात (चालक फरार रहेको)
२. बा ५ ख ७३१ नं को हायस, (चालक काभ्रे घर हुने बर्ष ३४ को रक्तिम लामा)
३. बा.प्र-०१-०२६ च ८५७६ नं को कार, (चालक सिन्धुपाल्चोक घर हुने बर्ष २७ को राम तामाङ)
४. BA.BA.९७७३ नं को कार, (चालक बर्ष ५३ को त्रिरत्न प्रजापती)
५. बा १६ च ४४५२ नं को कार, (चालक काठमाडौं टोखा घर हुने बर्ष ४१ को प्रेम प्रसाद गेलाल)
६. प्र-२-०१-००३ प १००५ नं को मो.सा, (चालक काठमाडौं कोटेश्वर बस्ने बर्ष ३७ को शैलेन्द्र राई)
७. बा ५१ प २२ नं को मोटरसाइकल, (चालक काठमाडौं टोखा बस्ने बर्ष ३२ को राजकुमार श्रेष्ठ)
८. बा.प्र-०२-०४६ प ४८१९ नं को स्कुटर (चालक भक्तपुर घर हुने बर्ष १९ कि स्मिता ढुङगेल)

प्रकाशित : ८ जेष्ठ २०८२, बुधबार ००:००