गृह पृष्ठ

सत्तापक्ष बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिए


८ असार २०८२, आइतबार ००:००


काठमाडौँ, आइतबारको प्रतिनिधिसभा बैठकको सुरुमै बोलेर बेल घेराउपछि रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् । सत्तापक्ष कांग्रेस र एमालेका सांसदहरू खर्च कटौतीको प्रस्तावमा बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका हुन् ।
उनीहरू प्रतिपक्षी दलका सांसदहरू बोल्दा भने बेलमा उभिएर सुनेका थिए । रास्वपाका प्रवक्ता मनिष झाले विरोधस्वरुप बैठक बहिस्कार गरेको बताए । रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ । तर, संसद्मा रास्वपाको अवरोधको बेवास्ता गर्दै सभामुखले संसद्को कामकारबाही रोकेका छैनन् ।

प्रकाशित : ८ असार २०८२, आइतबार ००:००