Breaking News Post

शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रुपमा छुट दिने सरकारको निर्णय


६ श्रावण २०८३, बुधबार ००:००


६ साउन, काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

‘आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने,’ निर्णयमा भनिएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमा घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । लागू भएको शुल्कका सन्दर्भमा व्यापक आलोचना भएपछि सरकार उक्त निर्णयबाट पछि हटेको थियो ।

 

प्रधानमन्त्री र अर्थमन्त्रीबिच लामो परामर्शपछि उक्त निर्णयबाट पछि हट्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यसपछि मंगलबार दिउँसो प्रधानमन्त्री बालेन शाह आफैंले सो शुल्क हटाउन प्रक्रिया थालिने घोषणा गरेका थिए ।

प्रकाशित : ६ श्रावण २०८३, बुधबार ००:००