समाज जति अघि बढ्दै छ,त्यहि नै अनुपातमा हामी सोंच र ब्यवहारमा नाङ्गिएर चेतना गुमाउँदै छौ । आजको यो समयमा मानिसले आफ्नो नाङ्गो सोंचलाई अझ बढी प्रष्ट र अरुले देख्नगरी नङ्गाइदिएको छ । हो यस्तै भएको छ मधेसी समुदायमा हुर्किरहेकि प्रिति र प्रितिको परिवारलाई प्रितिलाई नाच्न भन्दै मधेसमा हुने लगभक सबै महोत्सवमा बोलाउने गरिन्छ ।
प्रितिको आमाको नाम हो सुगन्धि पासवान उहाँ समाजसेवी साथै उहाको आफ्नै बंगुर फार्म पनि छ । प्रितिको बुवा राजवंशी पनि केटि जस्तै बनेर गाउघरमा हुने मेला महोत्सवमा नाच्नुहुन्छ ।केटि जस्तै बनेर नाच्ने भएकालेनै होला उहालाई धेरैले तेस्रो लिङ्गी हिजडा भनेर भनेको पाइन्छ ।
तर आफ्नो बुवा तेस्रो लिङ्गि नभएको र सोकको लागि मात्रै नाच्ने गरेको उनी बताउँछिन् । सामाजिक संजाल टिकटकमा भाइरल भैरहेको अनुहार हो प्रिति पासवान प्रितिले मञ्चमा नाच्दै गर्दा धेरैबाट अपहेलित पनि हुने गरेकि छिन् ।
अरुबाट त हेपियो हेपियो तर आफ्नै जाति समुदायबाट पनि उक्त परिवारमाथि निकै नै हेपिएको उक्त परिवार बताउँछ।पासवान समुदायबाटनै प्रितिको परिवारलाई सामुहिक बहिस्कार गरेसगै प्रितिको घरमा हुने पुजा पाठ बिहे भोज भतेरमा कोहि पनि नआउने गरेको प्रिति बताउँछिन् ।
संघर्षबाट प्राप्त खुसि के हो – सायद यो कुरा प्रितिको आमा सुगन्धिबाट सिक्न सकिन्छ ।बारा जिल्लाको जितपुर सिमारा वडा नम्बर १० को नितनपुरमा रहेको छ प्रितिको बासस्थान । प्रिति रुदै भन्छिन् आफुलाई जस्ले नराम्रो भनेपनि सहन सक्ने तर आफ्नो परिवारलाई नराम्रो भनेको आफू बिल्कुलै नसक्ने र सबैले सोच बदल्न जरुरि भएको उनी बताउँछिन् ।बुवा र आमाको संघर्ष आफुले देखेको र उहाहरु भगवान् भएको उनी बताउँछिन् । हेर्नुस् भिडियो











प्रतिक्रिया