समाचार

एमाले संसदीय दलको बैठक जारी, ओलीले ब्रिफिङ गर्दै


९ असार २०८३, मंगलबार ००:००


९ असार, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । बैठक स्रोतका अनुसार, अध्यक्ष ओलीले समसामयिक अवस्थाबारे ब्रिफिङ गरिरहेका छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेल हिजोमात्रै सुर्खेतबाट पक्राउ परेका थिए ।

उनी पक्राउ परेपछि एमालेको संसदीय दलको बैठक बसेको हो । एमालेले आजै सचिवालय बैठक पनि बोलाएको छ ।

प्रकाशित : ९ असार २०८३, मंगलबार ००:००