वरिष्ठ कवि तथा गीतकार भूपाल राईको शब्द रचना तथा सङ्गीत र श्रोतामाझ धेरै उत्कृष्ट गितहरु ल्याईसकेका चर्चित गायक रुपकुमार राईको स्वर रहेको “देशै रमाईलो” गीत सार्बजनिक भएको छ। यो गीत, गीतकार भूपाल राईको आफ्नै अफिसियल युट्युबच्यानल “bhupal rai official च्यानल” मार्फत सार्बजानिक भएको हो।
द,भर्जिन भ्वाईस रेकर्डिङ स्टुडियोमा १८/१९ बर्ष अगाडि यो गीत रेकर्ड हुँदा यो देशमा जनयुद्ध उत्कर्षमा पुदै थियो। यो समय समाजको बिभिन्न विभेद तथा उत्पिडनको अन्त्य र राज्य पुनर्संरचना गरि अब देश संघात्मक ब्याबस्थामा जानुपर्दछ भन्ने मुद्दा जबर्जस्त स्थापित हुँदै गरेको समय थियो।
पबिधन खालिङको सङ्गीत संयोजन रहेको यो गीत नै सम्भवत संघिय संरचनाको सुन्दर, व्यबहारिक अनि नेपालको सापेक्षताको पहिलो संघिय सम्रचनाको बैचारिक पाटा र पक्षहरु समेटिएको पहिलो रेकर्डेड गित हो। नेपालमा संघिय राज्य स्थापना भएर कार्यन्वयनको तहमा आए पनि नेपालको सापेक्षतामा संघिय सम्रचनाहरु अझै पनि व्यबहारिक र बैज्ञानिक तौरतरिकाबाट भएको छैन भनि समाजको आधा भन्दा बढी हिस्सा अझै असन्तुष्ट छन।
यो गीतले त्यही व्यबहारिक र बैज्ञानिक संघिय संरचनाको वकालत गरेको छ । गीतकारको अनुसार “साहित्य,गित संङ्गित सस्तो मनोरन्जनको माध्यम मात्र होईन, बिचार र चेतना सम्प्रेषण गर्ने माध्यम पनि हो”।
त्यसैले नेपाली गीत संङ्गित उद्योगले आज एउटा पुरानो तर नयाँ बिचार प्रधान गीत पाएको छ। ओजस फिल्मस स्टुडियोका नरोत्तम पाण्डेले सम्पादन गरेको यो गितलाई मुक्तिकामी, बैचारिक चेतनाको स्तर उठेका अग्रगमनका पक्षपाती आम सचेत मानिसहरुले मन पराईदिने कुरामा बिश्वस्त रहन सकिन्छ ।











प्रतिक्रिया