मनोरञ्जन

सागर केरुङ को नयाँ चलचित्र ‘थङ’ को शिर्षगित रेकर्डिङ सम्पन्न


१० असार २०८२, मंगलबार ००:००


असार १०,काठमाडौँ

 

लिम्बु भाषाको लघु चलचित्र ‘थङ्’ को शिर्ष गीत ‘थिङगानरेन् थङ्’को  रेकर्डिङ सकिएको छ । मंगलबार म्युजिक मिडिया ओपेरा रेकर्डिङ स्टुडियो काठमाडौमा रेकर्डिङ भएको हो ।

 

सागर केरुङ्को शब्द, मोनि ताम्लिङ्को संगीतमा नोगेन लिम्बू र सञ्जु लिम्बुले स्वर दिएका छन । याक्थुङ समुदायले गुमाएको मातृभुमि प्राप्त गर्न गरिरहेको संघर्षबारे निर्माण गर्न लागिएको चलचित्रलाईलाइ सागर केरुङले  लेखन/निर्देशन गरिरहेको छ ।

प्रकाशित : १० असार २०८२, मंगलबार ००:००