मोरङको धनपालथानमा बालिकाको शव फेला परेको छ । शनिबार बिहान धनपालथान गाउँपालिका–६ बबियाकी ५ वर्षीय आत्तिका सरदारको शव फेला परेको हो । प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बालिकामाथि बलात्कारपछि हत्या भएजस्तो देखिन्छ ।
बालिकाको अनुहार, घाँटीलगायत शरीरका विभिन्न भाग चोटको डाम छ । बुबाआमासँग सुतेकी बालिका आज बिहान करिब ३ बजे राति बेपत्ता भएपछि बिहान करिब ५ बजे प्रहरीलाई खबर गरेका थिए ।
शनिबार बिहान घरबाट करिब सय मिटर पर रहेको दुर्गा अधारभूत विद्यालयको बाहिर खेतबारीमा बालिकाको शव फेला परेको थियो । शव भेटिएपछि अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख नारायण चिमरियाले जानकारी दिए ।
उनका अनुसार बालिकाको हत्याको अनुसन्धानका लागि एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको छ । बलात्कार भएनभएको विषय पोष्टमार्टम रिपोर्टपछि खुल्ने उनले बताए ।
अहिले यसै भन्न सकिंदैन, अनुसन्धान भइरहेको छ’, उनले भने, ‘पोष्टमार्टम रिपोर्टपछि सबै विषय खुल्छ । बालिकाको पोष्टमार्टमका लागि शव कोशी अस्पताल विराटनगर ल्याइएको छ ।











प्रतिक्रिया