Breaking News Post

प्रधानमन्त्री कार्कीले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा रुइतसँग आग्रह


३१ भाद्र २०८२, मंगलबार ००:००


काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा रुइतसँग आग्रह गरेका थिइन् । जवाफमा डा रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ ।

छलफलपछि डा रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफू चिकित्सकीय पेसामार्फत नागरिकको सेवामा तल्लीन हुने बताउँदै आएका छन् ।

प्रकाशित : ३१ भाद्र २०८२, मंगलबार ००:००