१० असार, काठमाडौं ।
जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले उत्पादनलाई जोड दिदै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब रु.५९ करोडको बजेट ल्याएको छ । बुधबार सम्पन्न गाउँसभामा कार्यवाहक अध्यक्ष सविता राईले कुल रु.५८ करोड ९४ लाख ३६ हजार ९ सय ९२ रुपैयाँ बराबरको बजेट पेश गर्नुभएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
गाउँपालिका प्रवक्ता कार्कीका अनुसार संघीय सरकार, कोशी प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान, राजस्व बाँडफाँड तथा गाउँपालिकाको आन्तरिक स्रोतलाई आधार मानी बजेटको आकार निर्धारण गरिएको हो। उहाँका अनुसार संघीय समानीकरण अनुदान रु.१२ करोड ५१ लाख, सशर्त अनुदान रु. २८ करोड ५४ लाख, संघीय विशेष अनुदान रु. २ करोड ५ लाख रहेको छ । यस्तै संघीय समपुरक अनुदान रु.१ करोड ५८ लाख, संघीय राजश्व बाँडफाँडबाट रु. ९ करोड ३१ हजार रुपैयाँ गाउँपालिकाले प्राप्त गर्नेछ ।
यस्तै प्रदेश समानीकरण अनुदानमा रु. १ करोड १९ लाख ५८ हजार, सशर्त अनुदान रु.१ करोड रु.३ लाख, राजश्व बाँडफाँड रु. ६४ लाख ३५ हजार ९९२, गाउँपालिकाको आन्तरिक स्रोत रु. २ लाख ४७ हजार ८५ हजार रुपैयाँ रहनेछ ।
गाउँसभामा पेश भएको नीति तथा कार्यक्रममा नागरिकको दैनिकी देखि ठूला ठूला योजना सम्पन्न गर्ने सम्मका रणनीति उल्लेख गरिएको छ । स्थानीय उत्पादनलाई जोड दिएको गाउँपालिकाले घरेलु तथा साना उद्योगमा अनुदान दिने देखि परम्परागत खेतीबालीमा प्रोत्साहन गर्ने कार्यक्रम राखिएको छ । गाउँपालिका भित्र सञ्चालित गौरबका आयोजनाहरु मध्य चारघरे-मुक्ली सडक कालोपत्रे, नेले-बोगल दिप्लीघाट सडक कालोपत्रे, खेलग्राम सम्पन्न गर्ने कार्यलाई तिब्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै गुणस्तरीय शिक्षाका लागि रिड नेपाल, साहश नेपाल लगायतससंगको साझेदारीमा विभिन्न शैक्षिक मेला, भेला तथा अभिमुखिकरण लगायतको कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । प्रधानाध्यापकको भत्ता वृद्धि देखि पुरस्कारको व्यवस्था देखि शिक्षक दर्वन्दि मिलान लगायत विद्यालय गाभ्ने सम्मको कार्यक्रम राखिएको छ ।











प्रतिक्रिया