मोरङको उर्लाबारी नगरपालिका-८ राजघाटमा आज दिउँसो एक किशोरको ह’त्या भएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार फुटबल खेल्दाको विवादलाई लिएर उर्लाबारी-८ का १७ वर्षे अभिशेक चौधरीको ह’त्या गरिएको हो।
दिउँसो तिर अभिशेकमाथि छ सात जनाको समूहमा रहेका युवाहरुले छु’रा हानेका हुन् । छुरा प्रहारबाट अभिशेष गम्भीर घा’इते भएका थिए । ढाड लगायत शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घा’इते भएका उनलाई उपचारका लागि बिर्तामोडमा रहेको बी एन्ड सी अस्पताल पुर्याउनासाथ मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।
अभिशेकसँगै रहेका २१ वर्षीय सुशन धामी पनि युवाहरुको समूहको आक्रमणमा परेर घाइते भएका छन् । उनको अवस्था मध्यम रहेकाले उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ। प्रत्यक्षदर्शी दाइले डराउदै बताए नालिबेली । भिडियोमा हेर्नुहोस्











प्रतिक्रिया