मनोरञ्जन

दिलिप एस. कुलुङको हाम्रो महाकुलुङ सार्वजनिक


८ असार २०७९, बुधबार ००:००


दिलिप एस. कुलुङको शब्द संयोजन र पहलमा महाकुलुङ गाउँपालिकाको चिनारी गीत भर्खरै सार्वजनिक भएको छ ।

उक्त गीतमा बरिष्ट संगीतकार बालन्द राईको संगीत, चर्चित गायिका मेलिना राईको स्वर र एरेन्ज सचिन सिंहको रहेको छ । गीतका शब्दहरुको अंग्रेजी अनुवाद भने गुदेल निवासी बेन होदिबु कुलुङले गरेका हुन ।

गीतमा रहेको अधिकांश दृश्यहरु नेपालकै चर्चित डकुमेन्ट्री मेकर विनोद कुलुङले खिचेका हुन भने एटिडिङ पार्टको भूमिका कलाकार सिर्जन शिरिस कुलुङले सम्हालेका हुन् ।

गीत निर्माण कार्यको सुरुदेखि अन्तिमसम्म संयोजनकारी भूमिका पोखराका अनुज कुलुङले गरेका हुन् । त्यस्तै संगीतकार आसुतोश राईको पनि उत्तिकै महत्वपूर्ण सहयोगी भूमिका रहेको छ ।

शब्दकार दिलिप एस. कुलुङ, अमेरिका निवासी टंक सोम्फोरु कुलुङ, कमलराम कुलुङ, तिलक कुलुङ, हिकराज कुलुङ, अर्जन कुलुङ, कोरियामा कार्यरत मदन कुलुङ, आशिष कुलुङ, प्रविण कुलुङ साथै काठमाडौं निवासी ई. हस्तमान कुलुङ तथा महाकुलुङ निवासी श्रवण कुलुङ र छिरी कुलुङको संयुक्त आर्थिक सहयोगमा यो गीत बनेको हो ।

आफ्नो उमेरको १३ औँ वर्षमा विद्यालयको अनुहार देख्न पाएका शब्दकार दिलिप एस. कुलुङ छिट्टै अर्को प्रेम गीत वजारमा ल्याउने तयारीमा जुटेका छन् ।
हेर्नुस् भिडियो www.youtube.com/watch?v=irSImsrY9N4 https://www.youtube.com/watch?v=irSImsrY9N4

प्रकाशित : ८ असार २०७९, बुधबार ००:००