मलेसिया पुगेर फर्किएको प्रहरी टोलीले जीबी राईलाई ल्याउन नसक्नुको कारण गरे ब्रिफिङ

काठमाडौं, मलेसिया पुगेर फर्किएको प्रहरी टोलीले गृहमन्त्री रमेश लेखकसामु सहकारी ठगी प्रकरणका आरोपी जीबी राईलाई नेपाल ल्याउन नसक्नुको कारण ब्रिफिङ गरेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार, केही दिनअघि भएको ब्रिफिङमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित मलेसिया गएका प्रहरी उपरीक्षक (एसपी) सहितका अधिकारीहरु सहभागी थिए । त्यसक्रममा प्रहरीले राईलाई फिर्ता ल्याउन पूर्वगृहमन्त्री रवि लामिछानेकै कारण…