खोटाङबाट काठमाडौं आउदै गरेको टाटा सुमो काभ्रेको भकुण्डेबेंसीस्थित पात्लेखेतमा तोडफोड भएको छ। बीपी राजमार्ग अन्तर्गत पात्लेखेतमा विपरीत दिशाबाट आउँदै गरेको निजी कारमा सवार व्यक्तिहरूले बाटो नछोडेको भन्दै तुवाचुङ मारातिका यातायात प्रालि खोटाङको ना १ ज ६१७२ नम्बरको टाटा सुमोमा ढुंगामुढा सहित तोडफोड गरेका हुन्। घटनापछि सार्वजनिक भएको भिडियो क्लिपका आधारमा यात्रु लिएर काठमाडौं जाँदै गरेको…