काठमाडौं, कोभिड–१९ महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको छ । यसका लक्षणहरु पनि कोरोना भाइरस जस्तै छन् । यो नयाँ भाइरसको नाम ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपीभी) हो, जुन आरएनए भाइरस हो। भाइरसबाट संक्रमित हुँदा बिरामीहरूले रूघा र कोभिड-१९ जस्ता लक्षणहरू देखाउँछन्। यसको सबैभन्दा बढी असर साना बालबालिकामा परेको छ । जसमध्ये…