काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर-संसदीय सभामुख सम्मेलन’(आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो। सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए। भेटमा मलेसियाली सांसदहरू दातुक…