काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऐन जारी नहुँदासम्म आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्। शिक्षकहरूले पटकरपटक वार्ता गरेर पनि असफल भएको भन्दै यो पटक धैर्यतापूर्वक आन्दोलन जारी राख्न उनको आग्रह छ।…