उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित बिरेन्द्रबजारमा आगलागी भएको छ । आइतबार बिहान विद्युत सर्ट भएर भरत राईको घरबाट आगो सल्केको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीबाट काठले बनेका र टिनको छाना भएका ५ घर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट भरत राई, शिशिर गुरुङ,…