मकवानपुर । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन ४९ जनाको मृत्य भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा १८ जना महिला र ३१ जना पुरुष गरि कुल ४९ जनाको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सबै भन्दा बढी काठमाडौं, ललितपुर र भक्तपुरका रहेका छन् ।…