काठमाडौं, जाली नोटको कारोबारमा मुछिएका ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्जी) को हत्यासम्बन्धी घटना पुनः एक पटक चर्चामा आएको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान कार्यालयले रक्सौल ‘लोकेट’ भएका गुड्डु पटेललाई टोखाबाट पक्राउ गरेपछि यो घटना चर्चामा आएको हो। सर्लाही हरिवन नगरपालिका-२ स्थायी घर भएका मोहम्मदको २०७९ असोज ३ मा कागेश्वरी-मनोहरा नगरपालिका-८ गोठाटारमा हत्या गरिएको थियो।…