बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी नेपाली सेनाका भगौडा रहेको खुलेको छ । घटनाको सात महिनापछि बुधबार पक्राउ परेका मुख्य आरोपी बाराको आदर्शकोतवाल गाउँपालिका-२ का ४१ वर्षीय सुरेन्द्रप्रसाद कुशवाहा सेनाका भगौडा रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार बिहान पत्रकार सम्मेलन गरी…