३२ असार, काठमाडौं । नेकपा एमालेसँगको सहकार्य नेपाली कांग्रेसले तोडेपछि प्रदेशहरूमा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेको छ । मुख्यगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ सरकार गठनबारे प्रक्रिया बढाइएको छ । कर्णालीमा एमालेका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध बिहीबार कांग्रेस र नेकपाले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार एमाले तर्फका सबै मन्त्रीलाई…