लिङ्देनले विधिबिधान बिपरित पदबाट हटाइएको भन्दै गिरीले आयोगमा उजुरी दर्ता

काठमाडौं, राप्रपाको उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरीले पार्टी नेतृत्वको निर्णयबिरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफुलाई पार्टीको विधिबिधान बिपरित पदबाट हटाइएको भन्दै गिरीले आइतबार निर्वाचन आयोग पुगेर उजुरी दर्ता गरेका हुन्। राप्रपा संविधान अनुसार निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय पार्टी भएको र आफुलाई पार्टीको विधिबिधान बिपरित अध्यक्षले उपाध्यक्ष तथा…