काठमाडौँ, गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बर्दिया, कास्की, धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालले रातोपाटीलाई जानकारी दिए । महाशाखा प्रमुख रिजालका अनुसार बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कास्कीको प्रमुख जिल्ला अधिकारीमा…