व्यास नगरपालिका-५ पाटनका कुशल, प्रवीन र कुमार मगरले काम गर्ने रेष्टुरेन्ट बन्द भयो । शनिबार काम छिट्टै सकिएकाले उनीहरू घुम्न बजार निस्किए । रातको ११ बज्यो । उनीहरू घर फर्किन खोज्दै थिए । त्यसैबेला रेष्टुरेन्टका नियमित ग्राहक रोहित गुट्टासँग भेट भयो । रोहित बोलेरो गाडी चलाउँथे । शनिबार पनि बोलेरोसहित आएका थिए । रातिमा चिनजान…