काठमाडौं, आज जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन। आज देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन्। सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ । पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो। कार्यक्रममा राष्ट्रिय गान र झण्डोत्तोलन गरिएको थियो। साथै सो अवसरमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष,…