काठमाडौं, विश्व बैंकको सहयोगमा सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गतको पहिलो चरणको कामको शुभारम्भ गरेको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच १७ अर्ब १५ करोड रुपैयाँ बराबरको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत पहिलो चरणको काम शुभारम्भ गरिएको हो। यस परियोजनाले नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जालको कनेक्टिभिटी, सुरक्षालाई अभिवृद्धि गर्नुका साथै…