नवनिर्वाचित वडाध्यक्षविरुद्ध व्यक्ति बेपत्ता र बलात्कारपछि हत्याकाे मुद्दा दर्ता

काठमाडौं, सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध ५७ वर्ष कैद सजाय मागदाबी गरिएको छ । सरकारी वकिल कार्यालय सप्तरीले जिल्ला अदालत सप्तरीमा साहलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता…