खोटाङको ऐसेँलुखर्क गाउँपालिका ६ ज्यामिरेमा एक महिनादेखि जारी बाँसको फर्निचर तथा हस्तकलाका सामाग्री निर्माण तालिम सकिएको छ । गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा)अन्तर्गत गाउँपालिकाको नम्बर ६ ज्यामिरेमा गत चैत्र १८ देखि सुरु भएको तालिम आज सोमबार सकिएको हो । तालिममा वडाका गरिवीको रेखामुनि रहेका बर्ग, महिला, दलित, बैदेशिक रोजगारीबाट फर्केका ९ जना…