मकवानपुरको बकैया गाउँपालिकामा बुधबार राति दुर्घटनामा परी घाइते भएका व्यक्ति कोठामा झुन्डिएको अवस्थामा फेला परेका छन् । हेटौंडा अस्पतालबाट आज बिहान करिब ३ बजे डिस्चार्ज भएका विमल ढुंगाना राति सुतेको कोठामै झुन्डिएको अवस्थामा फेला परेका हुन् । ढुंगाना अस्पतालबाट डिस्चार्ज भएपछि हेटौंडा–११ नवलपुरस्थित भीमफेदी गाउँपालिका–९ का वडा सदस्य उदयप्रसाद हटवालको घरमा बास बसेका थिए ।…