शिक्षक आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जनालाई नियन्त्रणमा

काठमाडौँ, शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जनालाई नियन्त्रणमा लिइएको छ । माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडक खण्डमा आज बिहान विरोध प्रदर्शन गर्दै गर्दा एक जना शिक्षकहरूका विरुद्धमा नाराबाजी गर्दै हिँडेका थिए । त्यहीबेला शिक्षकहरूले ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । आफू विद्यार्थीको अभिभावक भएको बताउँदै ती व्यक्तिले शिक्षकहरूको आन्दोलनका विरुद्धमा अभिव्यक्ति दिएका…