खोटाङमा आँखा पाक्ने संक्रमण तिब्र रुपमा फैलियो,संक्रमित हुनेमा अधिकांश बालबालिका

खोटाङ जिल्लामा आँखा पाक्ने संक्रमण तिब्र रुपमा फैलिएको छ । जिल्लाको अधिकांश स्थानीय तहमा आँखाको संक्रमण फैलिएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । संक्रमित हुनेमा अधिकांश बालबालिका छन् । प्रारम्भिक अभिलेख अनुसार हाल सम्म १ हजार जना भन्दा बढीमा संक्रमण देखिएको सरकारी तथ्यांक छ । जिल्लाको सबैभन्दा धेरै जनसंख्या भएको पालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपनलिकामा…