काठमाडौं, २४ वर्षीया महिलाले मंगलबार चार जना सन्तानको जन्म दिएकी छिन् । पाल्पाको माथागढी गाउँपालिका–१ की सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा हिजो चम्ल्याहा छोरीलाई जन्म दिएकी हुन् । उनी कात्तिक ६ गते अस्पताल भर्ना भएकी थिइन् । महिला तथा प्रसूति विशेषज्ञको टोलीले उनको हिजो शल्यक्रिया गरेको थियो । हाल आमा…