राजधानीका अतिव्यस्त बजार असन, इन्द्रचोकमा कोरोनाभाइरस महामारीलाई बेवास्ता गर्दै सामान किन्न जानेको भीड लागेको छ । तिहारका लागि सबै किसिमका सामान पाइने यी बजारमा मानिसको भीड बढेसँगै व्यापारीहरूले सडकमै टेबल र खाट राखेर बाटो अवरुद्ध हुने गरी सामान सजाएका छन् । सडकमै सामान राखेपछि हिँड्ने ठाउँ साँगुरिएका छन् । त्यही बाटोमा सकिनसकी ठूल्ठूला भारी बोकेर…