काठमाडौँको प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका थुनुवामाथि कुटपिट भएको छ । थुनामा रहेका अनिल बिसंखेलाई अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले कुटपिट गरेका हुन् । धादिङ घर भएका बिसंखे एकजना पूर्वसैनिक अधिकृतको घरमा ल्यापटप लगायतका ग्याजेट चोरेको आरोपमा पक्राउ परेका थिए । अनुसन्धानको क्रममा सादा पोसाकमा कार्यरत प्रहरी जवान मदन भण्डारीले उनलाई कुटपिट गरेको आरोपीको परिवारका एकजना…