‘अरूको भविष्य बनाउँदा बनाउँदै राज्यले हाम्रो भविष्य अन्धकारतिर धकेल्यो’

काठमाडौं, असनस्थित त्यौड माविका शिक्षक पूर्णबहादुर लिम्बू ५१ वर्षका भए । अबको केही वर्षमा उनी शिक्षण पेशाबाट अवकाश पाउनेछन् । शिक्षण पेशामा आबद्ध भएको २३ वर्ष पुरा गरेका लिम्बू बुधबार दिउँसो काठमाडौंको सडकमा देखिए । छातीमा फरक खालको प्लेकार्ड टाँसेका उनलाई आफ्नोभन्दा पनि भविष्यका सन्ततिको चिन्ता थियो । सक्रिय उमेर पार गरेर बुढेसकालतर्फ ढल्किरहेका उनले…