प्रहरीले केही दिन यता विभिन्न स्थानमा छापा मारेका कल सेन्टर एक अर्कासँग सम्बन्धित देखिएका छन् । कल सेन्टरको आवरणमा भारतका विभिन्न सहरमा एप्स मार्फत ऋण लगानी गरेर चर्को ब्याज असुलेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौं र रुपन्देही प्रहरीले हालै ३ वटा कल सेन्टरमा छापा मारेको छ । काठमाडौं महानगरपालिका–९ गैरीगाउँ, रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकीनगर…