अफगानिस्तानमा एक युवा फुटबल खेलाडीको अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु भएको छ । जकी अनवर काबुलबाट निस्किएको एक अमेरिकी सैन्य विमानमा लुकेर चढ्ने कोसिस गरिरहेका बेला उनको मृत्यु भएको बताइएको छ । अफगानिस्तान प्रशासनले विमान चढ्ने कोसिसमा जकी अनवरको मृत्यु भएको पुष्टि गरेको छ । यद्यपि, उनको मृत्यु कहिले भयो, यसको जानकारी भने दिइएको छैन…