खोटाङको लोस, खेउ र खोक्चिलिप असुरक्षित

खोटाङ, किरात राई यायोक्खाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ तुवाचुङमा दुई वर्षअघि निर्माण गरेको ‘रैछाकुले’को प्रतिमा लगायतका संरचना असुरक्षित रहेको पाइएको छ । हालै केही अज्ञात व्यक्तिहरुले रैछाकुलेको प्रतिमा उभ्याइएको जमिनको पिलरलाई तोडफोड गर्ने प्रयास गरेका छन् । रैछाकुले किरात राईहरुको आदिम मानव हुन् । यायोक्खाले सो स्थानमा रैछाकुलेको साथै आदिम किराती चेली मानिने ‘तयामा’ र…