सामूहिक बलात्कारको बयान दिएपछि मृत भेटिएकी रिङ्कुको घरमा पुगे प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पञ्चयातमा सामूहिक बलात्कारको बयान दिएपछि मृत भेटिएकी रिङ्कुकुमारी सदाको घरमा पुगेका छन् । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरस्थित १७ वर्षीया रिङ्कुकुमारी सदाको घरमा पुगेर प्रचण्डले उनको परिवारलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । जनतासँग माओवादी तराई- मधेस जागरण अभियानका क्रममा सिरहा पुगेका…