काठमाडौंमा दैनिक यातनापूर्वक राँगाभैंसी ढुवानी

साँघुरो ट्रकमा कोचिएका छन्, नाक र पुच्छरमा डोरी बाँधिएका छन्, हलचल गर्नै नसक्ने अवस्थामा छन् । यसरी नै निस्सासिएर यिनीहरूले तीन–चार दिनसम्मको यात्रा गर्नुपर्ने हुन्छ । यसमा कतिसम्म क्रुरता हुन्छ भने, बस्न नदिनका लागि पुच्छर र नाथ्रीमा बाँधेर झुड्याइँन्छ । तीन–चार दिनसम्म उँभिदा खुट्टा कति गल्छ होला ? तर बस्न खोजेमा यौनाङ्गमा लठ्ठी घुसारिन्छ ।…