काठमाडौँ, नेकपा माओवादी केन्द्रले अन्तरिम विधान–२०७८ लाई चुनौती दिँदै केन्द्रीय समिति झन्डै साढे चार सय सदस्यीय बनाएको छ । २०७८ पुस ११–१८ मा सम्पन्न आठौँ महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति अनुमोदन गरेको थियो । महाधिवेशनले केन्द्रीय समितिको १० प्रतिशतसम्म अध्यक्षले मनोनीत तथा एकता समूहबाट जोडिएकालाई व्यवस्थापन गर्न अधिकार दिएको थियो । अन्तरिम विधान अनुसार मनोनीतसमेत…